सुचना, समाचार र मनोरन्जन

तिहारमा सशस्त्र प्रहरीद्वारा कुकुर पूजा

काठमाडौँ/

सशस्त्र प्रहरी बल नेपालले कुकुर तिहारको अवसरमा कुकुर पूजा गरेको छ । नेपालीहरुको महान चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइने गरिन्छ ।

हरेक नेपालीहरुको घर आँगनमा कुकुरको पूजा गरिन्छ । कुकुरलाई फूल,माला र टिका लगाइदिएर खानेकुराहरु दिइ पूजा गर्ने परम्परा रही आएको छ । सशस्त्र प्रहरी बल बलम्बुका पशु स्वास्थ्य तथा डग हेण्डर उपशाखाका सशस्त्र प्रहरी नायब निरीक्षक रमेश उप्रेतीले सशस्त्र प्रहरी बलसँग ४ जातका कुकुरहरु रहेको र जसमा जर्मन सेफर्ड, ल्याब्रेडर, ककर स्पाइनर र गोल्डे डिटिबर रहेको बताए । कुकुरहरुलाई लागुऔषध, हातहतियार तथा बिष्फोटक पदार्थको खोजि कार्य र अपराध अनुसन्धानमा तालिम दिइ काम गराइएको बताए । कुकुरहरुले बाढी पहिरो र विपद्जन्य काममा पनि उद्धारमा खटिने गरेको उनले बताए ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ ।

त्यसैगरी विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको छ । कुकुर इमान्दार र बफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एक पटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् ।

Leave A Reply

Your email address will not be published.