काठमाडौं :
अभिनेता इओन लिम्बु फिल्म ‘दुई कदम’को प्रचारप्रसारमा दौडिएका छन्। उनको यो डेव्यु फिल्म हो। ताप्लेजुङका इओन हङकङमा जन्मिएका हुन्। काठमाडौंमा हुर्किए। अभिनयमा बाल्यकालदेखि रुचि राख्दै आए। अहिले उनी आफै सिनेमा विषय अध्ययन गरिरहेका छन् । उनी अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन्।
त्यसैले फिल्मलाई लिएर उनी यतिबेला डर, उत्साह, खुशी एकैपटक महसुस गरिरहेको बताउँछन् । बाल्यकालमा देखेको सपना पुरा गर्न पाउँदा उनी निकै उत्साहीत पनि छन् । तर, फिल्मको पर्दामा देखेको जस्तो क्यामेरा अघि अभिनय गर्न सहज नरहेको बुझाई उनको छ।
साथै उनले नृत्य लगायत सिनेमाको लागि आवश्यक पर्ने सवै तयारी गरेको बताउँछन् । सिनेमाको पहिलो दिन सेटमा पुगेर अभिनय गर्दाको क्षण अनौठो महशुस भएको उनले सुनाए।
पहिलो दिन नै गीतको छायांकन भएकाले मेरा सिंगल सर्ट खिचिएको थियो । क्यामेरा अघि उभिदा डर र उत्साह दुवै थियो । तर निर्देशक उदय सुब्बाले आफुलाई निकै सहज रुपमा अभिनय गराउँनु भयो । जसले गर्दा त्यसपछिका दिनमा काम गर्न निकै सजिलो भएको अनुभव इओनको छ ।
निर्देशक सुब्बा निकै रमाइलो र सहज तरिकाले काम गराउने निर्देशक रुपमा पाए । उहाँ सहज नभई दिएको भए काम गर्न सहज हुँदैन् थियो होला । अनि दुई कदममा धेरै सिनियर कलाकारहरुले अभिनय गर्नु भएको छ । उहाँहरुसँग काम गर्दा के भन्नु होला भन्ने डर भन्दा नि कसरी राम्रो काम गर्ने भन्ने कुरा नै बढि माइन्डमा भएकाले पनि असहज नभएको बुझाई इओनको छ।
सिनेमामा उनले चुलबुले केटाको भुमिका निवार्ह गरेका छन् । जो साथीहरुसँग घुँम्न, रमाउन र ट्राभल गर्न रुचाउँछ । आफु रियल लाइफमा पनि त्यस्तै भएकाले डेव्यु सिनेमा भएपनि चरित्र निर्माणको लागि धेरै तयारी गर्नु परेन् । आफूले गरेको मेहनत अब चाँडै पर्दामा आउँदैछ सोहीकारण अहिलेको समय आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण क्षण लागिरहेको छ उनलाई।
इओन आफूले अभिनय गरेको पहिलो चलचित्र सोचेको भन्दा राम्रो बनेको बताउँछन् । सिनेमा क्षेत्रमै करिअर बनाउने सोचमा रहेका उनी पहिलो सिनेमामा भएका कमीकमजोरी सुधार्दै आगामी यात्रा अगाडि बढाउने तयारीमा छन् । धेरै मान्छे रहरले सिनेमा क्षेत्रमा आउने र १२ वटा सिनेमा गरेर हराउने भएपनि आफू बाल्यकालमा देखेको सपना पुरा गर्न आएकाले पहिलो सिनेमा जे(जस्तो भएपनि यही क्षेत्रमा करियर बनाउने सोच उनको छ।
सिनेमाका सार्वजनिक प्रचार सामाग्री पश्चात उनका साथीहरुले पनि उनलाई हौस्याउन थालेका छन् । तिमेले राम्रो काम गरेका छौं । आगामी दिनमा अझ राम्रौ गर्न सक्छौं भनेकाले पनि इओन सिनेमालाई लिएर निकै उत्साही छन् । उनी मंसिर २९ चाँडै आओस र आफुलाई ठुलो पर्दामा हेर्न पाइयोस् भन्ने प्रतिक्षामा छन् । साथै आफ्नो पहिलो सिनेमा साथीहरुलाई देखाउन र उनीहरुको प्रतिक्रिया लिन पनि आतुर छन् ।
उदय सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमामा इओनका अलवा सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ।
अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा तारा देवी लिम्बुको लगानी रहेको छ।
सिनेमामा सिनेमाको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् । सिनेमाको छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । एक गीतको छायांकन मुस्ताङमा गरिएको छ।
दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन सिनेमामा रहेको छ । सिनेमालाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन्।