सुचना, समाचार र मनोरन्जन

महिला टी–२० सिरिज: नेपालले जापानलाई ६७ रनले हरायो, संगीताले लिइन् ५ विकेट

पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । 

काठमाडौँ /

चार देश सम्मिलित महिला टी–२० सिरिज अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ । ११४ रनको लक्ष्य पछ्याएको जापानले सबै विकेट गुमाएर ४६ रनमात्रै बनाउन सक्यो।

पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् ।

नेपालका लागि अस्मिना कर्माचार्यले ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिइन् भने संगीता राईले ३ तथा पूजा महतोले २ विकेट लिइन् । जापानका लागि मेग ओगावाले सर्वाधिक १७ रन तथा सेइका सुमीले १३ रनको योगदान दिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले चार विकेट गुमाएर ११३ रन बनाएको थियो ।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन् । यस्तै, कप्तान इन्दु बर्माले २७, पूजा महतोले १३ र सीता रानामगरले ९ रनको योगदान गरे । काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य एक रनमा अविजित रहे।

जापानकी एलिना कुसुदा नायरनले दुई, मेग गावा र अयुमी फुजिकावाले एक/कए विकेट लिएका थिए ।

लिगको दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। सिरिजको उपाधिका लागि आयोजक हङकङ र तान्जानिया खेल्दा तेस्रो स्थानका लागि नेपालले पुनः जापानसँगै खेल्नेछ।

Leave A Reply

Your email address will not be published.