सुचना, समाचार र मनोरन्जन
Sarangi

‘दुई कदम’को एक गीत ‘ये मेरा बाबै नि’मा नाचे वर्षा र इओन

काठमाडौं :

मंसीर २९ गतेबाट रिलिज हुने फिल्म ‘दुई कदम’को एक गीत ‘ये मेरा बाबै नि’को छायांकन भएको छ । ठमेलस्थित १० एक्स क्लबमा दुई दिन यो गीतको छायांकन गरिएको हो। गीतमा आशिष अबिरल र निरुषा भट्टराईको स्वर, निरुषाको शब्द र आशिषको संगीत छ । गीतमा आशिषकै एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ ।

गीतमा फिल्मका कलाकार इओन लिम्बु र अभिनेत्री वर्षा शिवाकोटी फिचर्ड छिन् । फिल्ममा यही गीतमा मात्र वर्षा देखिनेछिन् । गीतमा उनीहरुलाई कोरियोग्राफर कविराज गहतराजले नचाएका छन् । गीतका छायांकार सौरभ लामा हुन् ।

उदय सुब्बा निर्देशित फिल्ममा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय रहेको छ। अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.