पोखरा /
रेष्टुरेण्ट एण्ड बार एशोसियशन {रेवान} पोखराले ‘२५ औं संस्करणको सडक महोत्सव’मा आधिकारिक पिउने पानी ‘पिउरो ड्रिङ्किङ वाटर’संग सम्झौता गरेको छ।
अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा पौष १२ गते देखि हुने २५ औं संस्करणको सडक महोत्सवमा आधिकारिक पिउने पानीको रुपमा ‘पिउरो ड्रिङ्किङ वाटर’संग रेवानले सम्झौता गरेको कम्पनीका प्रवन्ध निर्देशक अशोक खड्काले बताए।
पोखराको प्रतिष्ठित पानी पिउरोको उत्पादन ज्ञान फुड एण्ड बेभरेज प्रा.लि.ले गर्दै आइरहेको छ । पिउरो एक लिटरको आकर्षक बोतल र २० लिटरको जारमा उपलब्ध छ । ‘गुणस्तर र प्याकेजिङमा पोख्रेली ग्राहकको मन जित्न सफल छौं,’ ‘सडक महोत्सव’मा पनि हामी त्यो छाप छाड्ने छौ निर्देशक खड्काले भने ।
देशकै ठुलो महोत्सवको रुपमा परिचित ‘सडक महोत्सव’मा आफुहरुले पनि संगै काम गर्न पाएकोमा खुसी लागेको निर्देशक खड्काले बताए।
हरेक वर्षको अङ्गग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन रेवान पोखराले ‘सडकमै खाउँ, सडकमै रमाउ’ भन्ने नारासहित सडक महोत्सव आयोजना गर्दै आइरहेको छ।
महोत्सवको रजतजयन्ती भएकाले यसपाली सडक महोत्सवलाई विगतका वर्षहरुमा भन्दा धुमधामसहित विशेष रुपमा सञ्चालन गरिने आयोजकले बताएको छ ।
सडक महोत्सव लेकसाइड क्षेत्रको ३ कि.मि क्षेत्रमा आयोजना हुने छ । ५ दिनसम्म चल्ने महोत्सव फिस्टेल गेटदेखि गैराको चौतारा हुदैं जरेवर लेकसाइडसम्म हुने रेवानले जनाएको छ।