काठमाडौं :
नेपाली फिल्म ‘लालीबजार’को रिट मा सुनुवाइ गर्दै उच्च अदालत पाटनले क्लिन चिट दिएको छ। फिल्मका केही दृश्य र श्रव्य सामग्री नसुन्ने बनाएर मात्रै प्रदर्शन गर्नका लागि अदालतले आदेश जारी गरेको हो।
रोशनी वादीले उच्च अदालत पाटनमा हालेको रिट निवेदनमाथि न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुईंकेलको संयुक्त इजलासले आज सुनुवाइ गर्दै सो आदेश जारी गरेको हो। केन्द्रीय चलचित्र जाँच समितिले गरेको निर्णयको बुँदा नम्बर २ मा उल्लेख भएको ‘वादी’, ‘राजासावकोमा चलाउने प्रसाद, राजाको सामान’भन्नेसम्मका शब्दहरू नसुन्ने बनाउन इजलासले आदेश दिएको हो।
यससँगै फिल्मलाई उच्च अदालत पाटनबाट क्लिन चिट प्राप्त भएको छ। यसअघि फिल्मको प्रदर्शन रोक्न नमिल्ने भन्दै ‘लालीबजार’ प्रदर्शन गर्न उच्च अदालत पाटनले गत विवाहका २३ मा निर्णय गरेको थियो। यम थापाको निर्देशनमा निमार्ण भएको यस फिल्ममा स्वस्तिमा खड्का,रबिन्द्र सिंह बानियाँ,मुकुन्द्र श्रेष्ठ लगायतको मुख्य भुमिका रहेको छ।