सुचना, समाचार र मनोरन्जन
Sarangi

हिन्दी फिल्म ‘ऐरी’मा प्रदीप खड्का खेल्दै,अर्को वर्ष हुनेछ रिलिज

काठमाडौं :

अभिनेता प्रदीप खड्काले हिन्दी फिल्ममा डेब्यू गर्ने भएका छन् । उनले अभिनय गर्ने भनिएको हिन्दी फिल्म ‘ऐरी’को मोसन पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको छ। मोसन पोस्टरमा प्रदीपलाई देख्न सकिन्छ। प्रदीपलाई सिकारीको भुमिकामा देखिनेछन्।

फिल्ममा प्रदीपका अलवा अन्य कलाकारको बारेमा निर्माण पक्षले जानकारी दिएका छैनन्। यस फिल्मका लगानीकर्तामा भने सुभाष काले, प्रशान्त कुमार गुप्ता र राजन कुँवर छन्। फिल्मका कार्यकारी निर्माता कमल बहादुर आले रहने छन्। यहि फिल्मका लागि प्रदीप केही समयदेखि भारतमै रहेका छन् ।

फिल्मको निर्देशन जीवन थापाले गर्दैछन् भने फिल्मलाई हिन्दी भाषाको साथमा भारतमा पनि प्रदर्शन गरिने निर्माण पक्षको योजना छ। फिल्मको मोसन पोस्टर सार्वजनिकसँगै फिल्मलाई सन् २०२४ मा रिलिज गर्ने तयारी समेत गरिएको छ । प्रदीपले यो फिल्मपछि दिनेश राउतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘पूजार सार्की’मा काम गर्नेछन्।

Leave A Reply

Your email address will not be published.