सुचना, समाचार र मनोरन्जन
Sarangi

अर्थ समितिले गण्डकी प्रदेश भित्रका जीर्ण आयोजनाको विवरण माग्यो

पोखरा/

गण्डकी प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समितिले प्रदेशभित्र रहेका रुग्ण आयोजनाहरूको विवरण मागेको छ । समितिको बैठकले प्रदेशभित्र रहेका जीण आयोजनाको लगत दिन भनेको हो । विभिन्न कारणले हालसम्म पनि कार्यान्वयन हुन नसकेका रुग्ण आयोजनाको विवरण अर्थ तथा विकास समिति समक्ष पेस गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिइएको सभापति भोजराज अर्यालले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा सञ्चालन हुने विकास आयोजना मध्ये सङ्घ सरकारले प्रदेशमा हस्तान्तरण गरेका र लागत साझेदारीमा सञ्चालन हुने आयोजना, गौरवका आयोजना र वार्षिक विकास कार्यक्रमको कार्यान्वयनको अवस्थाबारे पनि ध्यानाकर्षण गराएको छ । सबैको विवरण बुझाउन भनिएको अर्यालको भनाई छ ।

समितिले यसैगरी पोखरा नगर क्षेत्र भित्र चल्ने ट्याक्सी मिटर सिस्टममा तोकिएको भाडादर मात्र लिने गरी व्यवस्था मिलाउन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्र पार्किङ शुल्क वैज्ञानिक र व्यवहारिक बनाउन निर्देशन दिइएको छ । ट्याक्सी मिटरमा नजाने र विमानस्थलभित्रको शुल्क चर्को भएको गुनासो बढेको छ । समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि हाइवेसम्म आवतजावतमा नागरिकको सहजताको लागि निःशुल्क सटल बस सेवा सञ्चालनको सम्भाव्यता अध्ययन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।

Leave A Reply

Your email address will not be published.