सुचना, समाचार र मनोरन्जन
Sarangi

आई.जि.पि रनिङ्ग शिल्ड फुटबलको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालयलाई

पोखरा/
नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा सञ्चालन भईरहेको ४१ औं प्रतियोगिता– २०८० को उपाधि गण्डकी प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीले हात पारेको छ । आज भएको फाईनल खेलमा प्रहरी प्रधान कार्यालयको फुटबल टोलीलाई १–० को गोल अन्तरले पछि पार्दै गण्डकीले उपाधि हात पारेको हो ।

गण्डकीका लागि निर्णायक गोल प्रतियोगिताकै सर्वाधिक गोलकर्ता प्रहरी सहायक निरीक्षक आशिष थारुले प्रदान गरेका थिए । प्रतियोगितामा ६ गोल गरी थारु सर्वाधिक गोलकर्ता र फाईनल खेलको म्यान अफ दि म्याच बन्न सफल भए भने उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फर्वार्ड क्रमश गण्डकीकै प्रहरी नायव निरीक्षक सन्तोष सुवेदी, प्रहरी जवान शिशिर चौधरी र प्रहरी सहायक निरीक्षक विवेक गुरुङले प्राप्त गरेका छन ।

समुह चरणको पहिलो खेलमा लुम्बनी प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई २–१ दोस्रो खेलमा बागमति प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई ५–० र सेमिफाईनलमा कोशी प्रदेश प्रहरी कार्यालयको टोलीलाई ४–२ को गोल अन्तरले पराजित गरेको गण्डकी प्रदेशले अपराजित यात्रामा उपाधि हात पारेको छ । यस अघि गण्डकी प्रदेश प्रहरी कार्यालयको फुटबल टोलीले २०६७ सालमा यो उपाधि हात पारेको थियो ।

Leave A Reply

Your email address will not be published.