सुचना, समाचार र मनोरन्जन

‘पूजार सार्की’मा पल शाह अनुबन्धित

काठमाडौं :

अभिनेता पल शाहले फिल्म ‘मायावी’पछि अर्को फिल्ममा पछि अनुबनिधत भएका छन्। उनी निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘पूजार सार्की’मा अनुबन्धित भएका हुन्। अब यो फिल्ममा तीन अभिनेता एकसाथ देखिने पक्कापक्की भएका छन् ।

Protin

अभिनेता आर्यन सिग्देल र प्रदीप खड्कापछि निर्देशक राउतले शनिबार पल शाहसँग सम्झौता गरेका हुन् । यस अघि पल र प्रदीपले फिल्म ‘हुतुतु’मासँगै काम गर्ने चर्चा चलेता पनि काम भने भएको थिएन। उनीहरुको सहकार्य फिल्म ‘पुजार सार्की’मा भएको हो।

फिल्मलाई संगीतकार सुभाष भुषालले निर्माण गर्न लागेका हुन्। विकास सुवेदीको लेखन रहने फिल्ममा अभिनेत्रीको भने टुङ्गो लागेको छैन। आगामी माघ पहिलो हप्ताबाट छायांकन सुरु हुने फिल्ममा जातियताको विषय उठान गरिने निर्माण भक्षको भनाई छ। यस अघि लेखक सुवेदीसँग निर्देशक राउतले ‘प्रकाश’मा सहकार्य गरेका थिए।

Leave A Reply

Your email address will not be published.