सुचना, समाचार र मनोरन्जन

नगरकोटमा एशियाकै दोश्रो लामो जिपलाईन, पर्यटन मन्त्री सुदन किरातीद्वारा उद्घाटन

काठमाडौं ।

पर्यटकीय नगरी नगरकोटमा २२ सय ५० मिटर लामो जिपलाईन संचालनमा आएको छ । शुक्रबार पर्यटन तथा नागरीक उडडयन मन्त्री सुदन किरातीले नगरकोट जिपलाईनको उद्घाटन गरेका हुन । मन्त्री किरातीले नगरकोट जिपलाईन उद्घाटन गर्दै पर्यटकीय हब नगरकोटमा जिपलाईनले आन्तरिक तथा बाह्य पर्यटकहरको लागि आकर्षण थपेको बताए । पर्यटननै नेपालको आर्थिक विकासको आधार भएको उनले उल्लेख गरे । यस वर्ष देशमा १० लाख पर्यटकहरु ल्याउन सफल भएको भन्दै मन्त्री किरातीले जिपलाईन जस्तो साहसिक खेलहरु विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । उदघाटन सँगै उनले सुपरम्यान जिपलाइन गरे ।

केदार थापा र प्रेम बहादुर बस्नेतको लगानीमा संचालनमा आएको नगरकोटको जिपलाईन एशीयाकै दोश्रो लामो जिपलाईन भएको संचालक द्धय थापा र बस्नेतले दाबी गरेका छन् । झन्ड्रै ४ करोडको लगानीमा संचालनमा आएको जिपलाईन चाँगुनारायण नगरपालिका वडा नम्बर ६ र ७ मा फैलीएको छ । नगरकोट जिपलाईन खेल्न जानेहरु वडा नम्बर ७ बाट बाट टेकअफ भएर वडा नम्बर ६ को लामाटोलमा ल्याण्ड हुनेछन् । टेकअफ प्वईन्टबाट ल्यान्डी सम्म २ मिनटको समय अवधिमा आकाशमा चरी जस्तै उडेर जिपलाईनको मज्जा लिन सकिनेछ । हाल नगरकोटमा क्लासीक र सुपरम्यान जिपलाईन गर्न सकिनेछ भने टिकटको रु ४ हजार ५ सय रहेको छ । साहसिक खेलको रुपमा परिभाषित जिपलाईनलाई नेपालमा स्थापित गरेका केदार थापाले यस अघि धुलीखेलमा जिपलाईन संचालनमा ल्याएका थिए । धुलीखेल जिपलाईनको क्रेजका कारण हाल विभिन्न ठाउमा जिपलाईनहरु संचालनमा आइरहेका छन् । पर्यटकीय नगरी नगरकोटमा जिपलाईनसंगै होटल समेत संचालनमा ल्याएका केदार थापाले पर्यटकरुको आगमन र विकासको लागि आफुले आफ्नो विज्ञता र योगदान गरीरहने बताए ।

Leave A Reply

Your email address will not be published.