सुचना, समाचार र मनोरन्जन
Sarangi

समीर र विन्दुको ‘चट्ट राम्रो’

काठमाडौं :

गायक समीर आचार्य र गायिका विन्दु पौडेको आवाजमा ‘चट्ट राम्रो’बोलको नयाँ गीत सार्वजनिक भएको छ । निर्माण टिमले हालै गीतको भिडियो युटुब च्यानलमार्फत रिलिज गरेको हो।

अष्ट्रेलियालाई आफ्नो कर्मथलो दुवै जनाले थुप्रै गीतहरू सार्वजनिक गरिसकेका छन् । विन्दुको यसअघि ‘आई लव यु भन्दिउँला प्यारा’ र ‘जता जता मायाको पाइलो’ बोलका गीतहरू सार्वजनिक भएका थिए।

यता समीरले पनि ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देऊ न माया’, ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेऊ’ झम्के माया जस्ता दर्जनौँ हिट गीत गाइसकेका छन्। उनले पनि विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइसकेका छन् ।

सार्वजनिक ‘चट्ट राम्रो’ गीतमा शब्द संगीत र म्युजिक एरेन्जमेन्ट गायक आचार्यकै रहेको छ । गीतका भाका र शब्द पुर्वेली र पश्चेमेली मिसाएर गीतलाई लयबद्ध गरिएको छ ।यस गीतको भिडियोमा अहिलेका चर्चित गायक तथा मोडल चक्र बम र चर्चित मोडल कुसुम शर्माको केमेस्ट्रीलाई देख्न सकिन्छ ।

यस भिडियोको निर्देशन तथा कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् भने गीतले अहिलेको सुस्ताएको नेपालको म्युजिक बजारलार्ई यस गीत र भिडियोले केही हदसम्म उजागर गर्ने आशा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.