सुचना, समाचार र मनोरन्जन

जलवायु न्याय र पर्वतीय राष्ट्रका मुद्दा कोप–३१ मा सशक्त रूपमा उठाउँछौँः मन्त्री चौधरी

काठमाडौं,

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु न्याय र पर्वतीय राष्ट्रका साझा सरोकारका मुद्दालाई संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ मा सशक्त रूपमा उठाउने बताएकी छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुने कोप–३१ लाई नेपालको राष्ट्रिय प्राथमिकता, जलवायु न्याय र पर्वतीय राष्ट्रका साझा मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको बताइन्।

उनका अनुसार सम्मेलनको पहिलो हप्ता नोभेम्बर ९ देखि १४ सम्म परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् भने दोस्रो हप्ता नोभेम्बर १५ देखि २० सम्म आफूले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्।

मन्त्री चौधरीले जलवायु सङ्कटबाट प्रभावित नेपालका समस्या वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी भइरहेको जानकारी दिइन्। विशेषगरी पर्वतीय क्षेत्रका समस्या, जलवायु न्याय र जलवायु सङ्कटबाट प्रभावित समुदायका सवाललाई सम्मेलनमा प्राथमिकताका साथ उठाइने उनको भनाइ छ।

Pach Pandav

‘विशेषगरी हाम्रो माउन्टेन एजेन्डा, पर्वतीय सवालहरू स्थापित गर्न र जलवायु न्यायका मागलाई सशक्त रूपमा उठाउने अवसर यसले दिन्छ,’ उनले भनिन्।

उनले नेपालले हानि तथा नोक्सानी कोष ९एफआरएलडी० प्राप्त गर्ने पहिलो देशका रूपमा अवसर पाएको उल्लेख गर्दै त्यसलाई जलवायु न्यायका क्षेत्रमा महत्वपूर्ण सुरुवातका रूपमा व्याख्या गरिन्।

‘यो धेरै रकम नभए पनि सुरुवात हो। यसले केही नभए पनि हाम्रो क्लाइमेट जस्टिसमा भूमिका खेल्छ,’ उनले भनिन्।

मन्त्री चौधरीले जलवायु परिवर्तनका असर र नेपालका मागलाई वैज्ञानिक प्रमाणका आधारमा प्रस्तुत गर्न सम्मेलनमा लैजाने तयारी भइरहेको बताइन्। जलवायु सङ्कटको विषय विश्वसामु उठाउनुका साथै पर्वतीय राष्ट्रका साझा सरोकारलाई अन्तर्राष्ट्रिय एजेन्डामा स्थापित गर्ने नेपालको प्राथमिकता रहेको उनले स्पष्ट पारिन्।

उनले जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउँदै विगतमा भोटेकोसी बाढीलगायत विपद्का समयमा सञ्चारमाध्यमले गरेको सहयोगले नेपालको आवाज अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउन मद्दत गरेको उल्लेख गरिन्।

कोप–३१ मा सहभागी हुन जाने तथा नेपालमै रहेर सम्मेलनका विषयमा समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीबाट पनि सहयोगको अपेक्षा गरेको उनले बताइन्।

Leave A Reply

Your email address will not be published.