सुचना, समाचार र मनोरन्जन

छानबिन सक्नासाथ एनसेलबारेनिर्णय लिने सञ्चारमन्त्री शर्माको भनाई

काठमाडौँ/

सञ्चारमन्त्री रेखा शर्माले एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही गर्ने गरी सरकारले छानबिन समिति बनाएको बताएकी छन ।

एनसेल बिक्रीबारे संसदको शिक्षा समितिमा बिहीबार भएको छलफलमा मन्त्री शर्माले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको समितिले काम गरिरहेको बताइन् । ‘कानुन बमोजिम काम भएका छैनन भने जोसुकै पनि कारबाहीको दायरामा आउनुपर्छ भन्ने संकल्पका साथ सरकारले समिति गठन गरेको हो,’ ३० दिनको समय पाएको समितिले समयमै कामसक्ने भन्दै उनले भनिन्, ‘अहिले अध्ययनमै भएको हुनाले के हुनेवाला छ भन्न छिटो होला ।’

समितिले आफ्नो छानबिन सक्नासाथ सरकारले आवश्यक निर्णय लिने उनले बताइन ।

Leave A Reply

Your email address will not be published.