काठमाडौं :
निर्माता संजय न्यौपानेले फिल्म ‘रक्तबीज’को निर्माण घोषणा गरेका छन्। शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्धाजलाई अनुबन्धित गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् ।
निर्माण न्यौपानेले यसअघि ‘प्रेम दिवस’ नामक फिल्म निर्माण गरेका उनले थुप्रै फिल्ममा समेत अभिनय गरेका छन्। निर्माता न्यौपानेका अनुसार फिल्ममा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भुमिका रहनेछ । अभिनेता खरेलले निर्माता न्यौपानेको ‘प्रेम दिवस’बाट नै अभिनयमा डेव्यु गरेका थिए । अब बन्न लागेको फिल्ममा पनि उनले अभिनय गर्न लागेका हुन्। निर्माण पक्षका अनुसार यो फिल्म आगामी असोजबाट गरिनेछ।
संजय न्यौपाने प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मलाई एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ । संजय न्यौपाने प्रस्तुतकर्ता रहेको फिल्ममा निर्माता खतिवडा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । निर्माता खतिवडाले राम्रो टिम र स्कृप्ट भएकाले फिल्ममा आफु लगानी गर्न तयार भएको बताएका थिए।
यता अभिनेता मल्लले लेखक भारद्धाजको कथालाई केहि समय अघि नै मन पराएका थिए। फिल्मको कथा सुनाएपछि आफ्नो भुमिका मन परेको भन्दै अभिनेता मल्लले फिल्ममा काम गर्न तयार भएको बताएका थिए। कलाकार र लेखकको टुङ्गो लागेपनि यो फिल्मको निर्देशक र अभिनेत्रीको खोजी भइरहेको छ। फिल्म डार्क एक्सन जनरामा निर्माण हुने फिल्मलाई सौरभ लामाले खिच्नेछन् । फिल्मको सम्पुर्ण छायांकन पूर्वी नेपालको इलाम र झापामा गरिने समेत निर्माण पक्षले जानकारी दिएको छ ।