काठमाडौं /
भारतीय विदेश मन्त्री एस जयशंकरले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन्।
दुईदिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका बिदेश मन्त्री जयशंकर आज पशुपतिनाथ दर्शन गरेका हुन । उनी आजै स्वदेश फर्कदैछन्।
हिजो साँझ ६ः१५ मा सोल्टी होटलमा विदेश मन्त्री जयशंकरको सम्मानमा आयोजित रात्री भोजमा सहभागी भएका विदेश मन्त्री जयशंकर आज पशुपतिनाथको दर्शन गरेका हुन ।
हिजो बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण गरेका बिदेशमन्त्री जयशंकरको पहिलो शिष्टचार भेट बिहिबार बिहान ११ः०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको थियो। अपरान्ह १२ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टचार भेटबार्ता गरेका थिए।
दिउँसो १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउदसँग द्धिपक्षिय भेटबार्ता गरेका जयशंकरले नेपाल भारत बिच उर्जालगायत बिषयमा सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा उपस्थित भएका थिए।