काठमाडौं :
अभिनेता सौगात मल्ललाई एकपछि अर्को फिल्ममा काम गर्न भ्याई नभ्याई छ। उनले फिल्म ‘रङ्गेली’मा काम गर्न नभ्याएपछि अर्का अभिनेता आर्यन सिग्देलको भाग्य चम्किएको हो।
आगामी फागुन २५ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मका टिजर र पोस्टर सार्वजनिक भैसकेका छन्। निर्माण टिमका अनुसार फिल्मको केही प्रतिशत छायांकन राखिएको थियो। सौगातले नभ्याएपछि आर्यन सिग्देल भित्रिएका हुन्।
निर्माण टिमले अघिल्लो हप्ता नै आर्यनलाई काठमाडौंमा उनको भागको छायांकन सकेको हो। तर, चर्चा भने यतिखेर भइरहेको छ। ग्याङस्टार जनरामा निर्माण भएको फिल्ममा आर्यनको भूमिका पनि ग्याङस्टार हुनसक्ने अनुमान गरिएको छ। तर, निर्माण टिमले उनको भुमिकाबारे जानकारी दिएको छैन।
सौगातको ठाउँमा आर्यन हुनुमा फिल्म ‘हात्तीछाव’जोडिएको छ। माघ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारप्रसारमा समय दिनुपर्ने भएकाले सौगातले फिल्म छोडेका हुन्। किनभने यो फिल्ममा सौगातको पनि लगानी परेको छ। सौगातले फिल्म छोडेपछि यता आर्यनलाई निर्माण टिमले भित्राएको हो।
अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका छ । यस फिल्मका कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने छायांकन सुशन प्रजापतिको छ।