सुचना, समाचार र मनोरन्जन

सफल अभिनेत्री उपासनाको प्रतिष्पर्धी को हो ?

काठमाडौं :

आफ्नो फिल्म प्रदर्शन हुने समय छोटिदै गर्दा अभिनेत्री उपासना सिंह ठकुरीको धड्कन निकै बढिरहेको अवस्था छ। केहि दिन अघि एक टेलिभिजन कार्यक्रममा पुराना पुस्ताका कलाकार चिन्दिन भनेपछि आलोचित बनेकी उनी नयाँ पुस्ताकी सफल अभिनेत्री हुन्।

Chaka Panja

उनले अभिनय गरेको फिल्म ‘डिसेम्बर फल्स’ बाहेक अधिकांश सफल फिल्म बनेका छन्। उनको यो फिल्ममा आर्यन सिग्देलसँग जोडी बाँधिएको थियो। फिल्म असफल बनेपछि उनको अभिनयका चर्चा भने घटेन।

अभिनयमा पोख्त रहेकी उपासना अभिनित फिल्म ‘हात्तीछाप’ प्रदर्शनको तयारीमा छन्। यहि माघ २६ गते प्रदर्शनमा आउन लागेको यस फिल्मको प्रचारप्रसारमा उनी दौडधुपमा छिन्।केहि वर्ष यता उपासना सिंह ठकुरी,मिरुना मगर एक अर्काको प्रतिष्पर्धी जस्तै बनेका छन्। अभिनेता दयाहाङ राई,सौगात मल्ल भएको फिल्ममा यि दुई अभिनेत्रीलाई फिल्म मेकरले लिने गरेका छन्। एउटी अभिनेत्रीले नभ्याएको क्रममा अर्कीलाई फिल्ममा अनुबन्ध गराइरहेका छन्।

हालै एक उपसनाले पत्रकारसँग आफ्नो कोही पनि प्रतिष्पर्धी नरहेको दाबी गरेकी छन्।उनले आफुलाई कसैसँग पनि प्रतिष्पर्धा गर्ने भावना नआएको उल्लेख गरेकी छन्। यति प्रतिष्पर्धाको भावाना आएको खण्डमा आफुनै नराम्रो हुने जवाफ फर्काएकी छन्। राम्रो अभिनयकी खानी भन्दै तारिफ पाएकी उपासनाले फिल्म ‘हात्तीछाप’को प्रमोशन गर्दै अर्को फिल्म ‘खुस्मा’को छायांकनमा व्यस्त छिन्।

Leave A Reply

Your email address will not be published.