सुचना, समाचार र मनोरन्जन

‘रेम्बो’का लागि धनुष–बाण चलाउन सिक्दैछन् टाइगर

एजेन्सी :

बलिउड अभिनेता टाइगर श्राफ फिल्म ‘रेम्बो’का लागि धनुष –बाण चलाउन सिकिरहेका छन्। उनी नयाँ फिल्ममा एक्सन अवतारमा उत्रिदैछन्। जसका लागि उनी यतिबेला धनुष चलाउन सिकिरहेका हुन्। त्यसैले भारतिय मिडियाका अनुसार उनको सन् २०२४ निकै फलदायी हुने देखिएका हो।

Chaka Panja

उनी यहि वर्ष तीन वटा फिल्ममा काम गर्दैछन्। जुन एक्सन वाला नै फिल्म हुन्। उनी फिल्म ‘बडे मियाँ छोटे मियाँ’मा अर्का अभिनेता अक्षय कुमारका साथ अभिनय गर्दैछन्। जुन फिल्म एक्सनपूर्ण हुनेछ । ‘रेम्बो’को तयारीमा जुट्नेछन् । ‘पठान’ र ‘फाइटर’ निर्देशक सिद्धार्थ आनन्दको प्रोडक्सन हाउसमा बन्न लागेको फिल्म ‘रेम्बो’मा उनी शीर्ष भूमिकामा देखिँदैछन्। त्यस कारण आफुलाई परफेक्ट बनाउन उनी नियमित प्रशिक्षण लिइरहेका छन् ।

उनले भारतिय मिडियामा भनेका छन्,‘शारीरिक रुपले यो फिल्मका लागि म अहिले जस्तो छ, त्यो भन्दा बढी फिट देखिनुपर्नेछ । यो फिल्मका लागि म धनुष–बाण चलाउन सिकिरहेको छु किनकी यो रेम्बोको प्रतिष्ठित हतियार थियो । म निर्माता र निर्देशक सिद्धार्थ आनन्दका साथ धेरै पढ्ने काम पनि गरिरहेको छु । यो फिल्मका लागि मैले निकै दबाब महशुस गरिरहेको छ।

फिल्म ‘रेम्बो’मा टाइगरका वर्ष रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’ले पनि अभिनय गर्दैछन्।

Leave A Reply

Your email address will not be published.