पोखरा /
पोखरा महानगरपालिका वार्ड न. १२ मा संचालीत तिन महिने निःशुल्क मन्टेश्वरी तालिमको समापन भएको छ ।
दैनिक पाचँ घण्टा संचालन भएको तालिममा पोखरा महानगरपालिका १२ का विभीन्न क्षेत्रका महिलाहरुको सहभागीता रहेको थियो । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सामाजीक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले पछिल्लो समय विश्वजारमा खोजी हुने विषयहरुको वारेमा तालिमका विषयहरुको खोजी र माग रहेको बताए ।
समुदाए स्तरमा मन्टेश्री तालिमको माग ज्यादै उच्च रहेकाले आगामी पञ्चवर्षीय योजनामा सिपमुलक तालीमलाई जोड दिदै सिकदै कमाउदै कार्यक्रमहरु समावेश गरेको बताए । व्यवसायीक तथा सिप विकास तालिम केन्द्र पोखराले संचालन गरेको तालिमा २ दर्जन महिलाहरुको सहभागीता रहेको थियो ।
समापन कार्यक्रमका विशिष्ट अतिथि पोखरा १२ का वडा अध्क्षय सन्तोष वास्तोलाले सिकालाई प्रभावकारी वनाउन अनुरोध गरेका थिए । उनले विद्यार्थीलाई घोकन्ते विद्या भन्दा पनि व्यवहारीक रुपमा सिकाउन सके मात्र उपलव्धी हुने बताए।
कार्यक्रममा सहभागी प्रशिक्षार्थि प्रशंशा गुरुङले तालिमको प्रयोग गरेर सान साना वालवालिकाहरुलाई सिकाउने शिक्षण विधिले आफ्नो क्षमता वृद्धि भएको बताइन् । तालिममा सहभागी ६ जनाले रोजगार समेत पाएको तालिम प्रशिक्षक सिता अधिकारी वाग्लेले जानकारी दिइन ।