सुचना, समाचार र मनोरन्जन

फिल्म ‘काँडेतार’का निर्देशक तथा अभिनेतामाथी आक्रमणको धम्कीप्रति कलाकार संघको ध्यानाकर्षण

काठमाडौं :

फिल्म ‘काडेतार’का निर्देशक तथा अभिनेता नवल खड्कामाथी आक्रमणको धम्कीप्रति नेपाल चलचित्र कलाकार संघले खेद व्यक्त गरेको छ। बिहिबार एक विज्ञप्ती जारी गर्दै कलाकार, निर्देशक निर्माता एवं नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा नेपालमाथिको धम्कीप्रति संघले खेद प्रकट गरेको हो।

Chaka Panja

संघका अध्यक्ष मोहन निरौलाले जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘चलचित्र निर्माण जस्तो कला, संस्कृति, साहित्यलाई उजागर गरी समाज रुपान्तरण, सामाजिक सन्देश प्रवाहित गर्ने क्षेत्रमा यस किसिमको निरुत्साहित पार्ने एवं राष्ट्र, राष्ट्रियता का विषयमा केन्द्रित रहेर निर्माण गरिएको काँडेतार र यसका निर्माता÷निर्देशक नवल खड्कालाई कुनै पनि क्षेत्रबाट यस किसिमको भौतिक रुपमा आक्रमण हुनसक्ने भनि आएको तुच्छ अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यसरी चलचित्रले बोक्ने कला, साहित्य, संस्कृतिका क्षेत्रमा निरुत्साहित पार्ने कुनै पनि दुखद अभिव्यक्तिप्रति सम्बन्धित निकायलाई पनि ध्यानाकर्षण गराउन चाहन्छौं।’

संघले चलचित्र आफैमा सामाजिक रुपान्तरण गर्ने माध्यम भएको र चलचित्र राष्ट्र र राष्ट्रियतामा केन्द्रित छ र यसले आम नागरिकलाई राष्ट्रियता प्रति सजग गराउने एवं झकझकाउने काम गरेको उल्लेख गर्दै यसले कसैलाई भड्काउने, सामाजिक सद्भाव विगार्ने, जातिय द्वेश फैलाउने, आन्तरिक अन्तरदेशीय सम्बन्धलाई भड्काउने जस्ता काम कदापी नगरेको बताइएको छ

अन्तमा भनिएको छ,‘अमुक व्यक्तिबाट खुल्ला चुनौती दिदै धम्कीपूर्ण अभिव्यक्ति दिनु, अमुक समूहबाट सामाजिक संजालमा खुल्ला चुनौती दिनु निन्दनिय रहेको हामीले ठहर गरेका छौ । यस किसिमको गतिविधि, प्रवृति कोहि कसैबाट नहोस् र सामाजिक सन्देशयूक्त चलचित्र निर्माणमा अवरोध कुनै पनि हालतमा नहोस् एवं आगामी दिनमा पनि चलचित्र निर्वाध रुपमा चल्ने वातावरण होस् भन्दै निन्दनिय कार्यको पुनः भत्र्सना गर्दछौ ।’

Leave A Reply

Your email address will not be published.