सुचना, समाचार र मनोरन्जन

साम्राज्ञी र निश्चलको ‘लन्डन टु पेरिस’ जेठ २५ मा रिलिज हुने

काठमाडौं :

लामो समयको अन्तरालमा फिल्म ‘लन्डन टु पेरिस’को रिलिज घोषणा गरिएको छ। निर्माण टिमले बिहिबार एक पोस्टर रिलिज गर्दै आगामी जेज २५ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

सार्वजनिक पोस्टरमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले डेब्यू अभिनेता निश्चल खड्कासँग जोडी कसेको रोमान्टिक मुडमा देखिएका छन्। साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा लिपलक गरेका छन्। जसका कारण यो फिल्म लभ स्टोरी हो भन्ने सोझै अनुमान लगाउन सकिन्छ।
फिल्ममा साम्राज्ञी तथा निश्चलका अलावा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ। निश्चलका अलवा ’लन्डन टु पेरिस’बाट गरिमाले नेपाली सिनेमामा डेब्यू गर्दैछिन्।

Chaka Panja

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमालाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । सनिश खकुरेल सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम यसका कार्यकारी निर्माता हुन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई अल नेपाल वितरण गर्नेछन् ।

सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।

Leave A Reply

Your email address will not be published.