सुचना, समाचार र मनोरन्जन

‘मुटु फस्या’थ्यो’भन्दै आए हरिवंश आचार्य र समिक्षा अधिकारी

काठमाडौं :

विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका अभिनेता हरिवंश आचार्यले नयाँ गीत स्रोता तथा दर्शकमा ल्याएका छन् । बिहिबार उनले देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्याछ’ बोलको गीत दर्शकमाझ ल्याएका हुन्।

अभिनेता आचार्यकै शब्द र संगीत रहेको यो गीतमा पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन्। गम्भिर विष्टले निर्देशन गरेको यो गीतको भिडियोमा हरिवंश आफैले मुख्य भुमिकामा अभिनय गरेका छन्। उनीसँगै प्रियंका कार्की, सरोज ओली र अन्जली अधिकारीको पनि अभिनय रहेको छ।

Chaka Panja

यस गीतको भिडियोमार्फत अभिनेता आचार्यले ‘काम देउ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेको छन्। उनले भने,‘यो गीतले देशमै केही गर्न खोजेको एउटा युवा कसरी विदेशिन बाध्य हुन्छ भन्ने कथा रमाइलो ढंगबाट उठाएको छ। अहिले चाहेर पनि देशमै बस्न नपाउने युवा जमात बढेको छ । गाउँघर रित्तिदै गएको छ । यसैको परिवेशमा गीत निकालेको हुँ।’

उनले पत्रकारसँगको कुराकानीमा थपे,‘पहिलेपहिले गाउँका मान्छे रोजगारीको सपना बोकेर काठमाडौं आउँथे । अहिले त काठमाडौं युवाहरुको ट्रान्जिटजस्तो बनेको छ । गन्तव्य त विदेश भइरहेको छ । गीतमार्फत हाम्रो देशेको यही नियति र मर्म उठाउन खोजेको छु ।’

श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन् । यसअघि उनले ‘ए केटा मादलु पड्का’ गीत ल्याएका थिए । सरोज ओली र प्रियंका कार्कीसँगकै सहकार्यमा ल्याएको यो गीतले युट्युबमा करोड बढी भ्यूज पाइसकेको छ ।

Leave A Reply

Your email address will not be published.