सुचना, समाचार र मनोरन्जन

‘द नेशनल डिजाईनर रनवे २०२४’को उपाधि अस्मिता श्रेष्ठको पोल्टामा

काठमाडौं :

राज्य मिडिया नेटवर्कद्वारा आयोजित चौथो संस्करणको ‘द नेशनल डिजाईनर रनवे २०२४’को उपाधि अस्मिता श्रेष्ठले हात पारेकी छन्। बुधबार राती सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टमा सम्पन्न प्रतिष्पर्धामा श्रेष्ठले उपाधि हात पार्न सफल भएकी हुन्। उक्त प्रतिष्पर्धामा १४ डिजाइनरहरुको सहभागिता थियो ।

उत्कृष्ट डिजाइनर ड्रेससँगै उत्कृष्ट मोडलहरुको महाकुम्भ भनेर चिनिने प्रतियोगितामा मिराज हुसेन ‘फस्ट रनर अप’ र सुस्मिता घिसिङ ‘सेकेण्ड रनर अप’ भए । प्रतिभाशाली तथा उदीयमान डिजाइनरहरुको रचनात्मकता र अद्वितीय शिल्प कौशल मिश्रित पहिरनमा मोडलहरुले ¥यापमा आफूलाई प्रस्तुत गरेका थिए ।

रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा रेजिना तुलाधर, धिरज तण्डुकार र अंकित मैतेय निर्णायक थिए । प्रतियोगिता स्वस्ती दंगालको निर्देशन र परमानन्द चौधरीको व्यवस्थापनमा सम्पन्न भएको थियो। राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाले डिजाइनरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र नेपाली फेशन उद्योगभित्र सजिलै स्थापित हुन प्लेटफर्मको रूपमा सेवा प्रदान गरेको बताए ।नेटवर्कका सिइओ डेभिल सिंह राजपुतले उत्कृष्ट मोडलहरुको उत्साहजनक उपस्थितिमा नेपालमै पहिलो पटक बिचमा रनवे आयोजना गरेको बताए ।

Leave A Reply

Your email address will not be published.