सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

पचास वर्षको अभिनय यात्रामा मलाई वर्कसप भन्ने नै थाहा थिएन : हरिवंश आचार्य

काठमाडौं :

पाँच दशक लेखन,निर्देशन र अभिनयमा बिताइसकेका अभिनेता हरिवंश आचार्यलाई खलनायकको अभिनय गर्न निकै गाह्रो भएको बताएका छन्। उनले हिजो पत्रकार सम्मेलनमा आफ्नो ५० वर्ष लामो करिअरमा विभिन्न चरित्र निर्वाह गरेता पनि फिल्म ‘महाजात्रा’को भुमिका निभाउन निकै गाह्रो भएको बताएका हुन्।

गत वर्ष फिल्म ‘महापुरुष’मा आदर्श पात्र भएर काम गरेका अभिनेता आचार्यले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाजात्रा’मा भ्रष्ट नेताको भूमिकामा प्रस्तुत भएका छन्। जुन चरित्रमा काम गर्न आफुलाई निकै गाह्रो भएको उनले आफ्नो अनुभव सुनाए। ‘अभिनय भनेको सजिलो हुँदैन । हेर्दाखेरि बोल्दिने त हो भन्ने लाग्छ । तर, निकै गाह्रो हुन्छ । मलाई ‘महाजात्रा’को चरित्र गर्न पनि गाह्रो भयो तर टिमले गर्दा सहज भयो,’उनले भने।

IVF Big

उनी आफुलाई चुनौती लाग्ने खाल्का भुमिकामा अभिनय गर्न मन लागेको बताए। जुन भुमिका आफ्नो लागि आइरहे हुन्थ्यो भन्ने उनको भनाई थियो।

उनले थपे,‘नकारात्मक भूमिका अरु आयो भने पनि म गर्छु । नयाँ काम गर्नसाथ मलाई यस्तो गर्न पाए हुन्थ्यो भन्ने जहिल्यै लाग्छ । अझ यस्तो पनि गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । मान्छेमा यो चाहना हुनैपर्छ । नभए त ‘च्याप्टर क्लोज’ हुन्छ । मैले अपेक्षा नै नगरेका रोलहरु गर्न पाइरहेको छु ।’

५० वर्ष लामो करिअरमा हरिवंशले पहिलोपटक ‘महापुरुष’मा वर्कसपको अनुभव लिएका थिए कुरा सुनाउँदै त्यसअघि कहिलै वर्कसप भन्ने नै थाहा नभएको बताए। उनी भन्छन्, ‘मैले कला क्षेत्रमा काम गरेको ५० वर्ष भइसक्यो । वर्कसप भन्ने ‘महापुरुष’मा गरेको हुँ । त्योभन्दा अगाडि मलाई वर्कसप भन्ने थाहा थिएन।’

Leave A Reply

Your email address will not be published.