सुचना, समाचार र मनोरन्जन

‘महाजात्रा’ देशदेखि विदेशमा ‘ग्राण्ड रिलिज’ : एमाले अध्यक्ष ओलीले दिए शुभकामना

काठमाडौं :

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ। प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट भनिएको ‘महाजात्रा’ आजदेखि नेपालसँगै विदेशमा एकसाथ प्रदर्शनमा आएको छ ।

यो वर्षकै भव्य रिलिज भनिएको फिल्मलाई पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समेत शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूलाई मनपर्ने कलाकार हरिवंश आचार्य अभिनित फिल्म भन्दै शुभकामना दिएका हुन् ।

‘आजदेखि फिल्मको प्रदर्शन सुरू भएको छ । यसको धेरै प्रसंशा सुनेको छु । समय मिलेमा म पनि फिल्म हेर्ने छु’, सामाजिक सञ्जालमार्फत उनले शुभकामना दिएका छन् । प्रिमियरमा प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन् ।

मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा ७२ शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा ४ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ६ शो, लबिम मलमा ६ शो , सिभिल मलमा ६ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ८ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा ६ शो, वुटवलमा ५ शो, दमौलीमा ४ शो, नारायणघाटमा रहेको जलमामा ७ शो, विराटनगरमा ६ शो, विर्तामोडमा ७ शो, विरगंजमा २, इटहरीमा ५ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ८ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ९ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ६ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ६ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ८ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा ८ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ९ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा ५ शो, सितापाइलामा रहेको सिने सिनेमाजमा ७ शो, गोंगबुमा रहेको इन्फिनिटी मुभिजमा ८ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ९ शो र कालिमाटीमा ७ शो दिएको छ । यस्तै, बागबजारमा रहेको सिटी म्याक्स सिनेमाजमा ४ शो, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ८ शो, बानेश्वरमा रहेको आइएनआईमा ८ शो र बुटवलमा रहेको आइएनआइमा ८ शो दिएको छ ।

यस्तै, चितवनमा रहेको सिनेप्लेक्समा ६ शो, पोखरामा रहेको सिनेप्लेक्समा ७ शो, पोखरामा रहेको मिडटाउनमा ६ शो, सिमरामा रहेको केएसआर मुभिजमा ४ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा ३ शो, बुटवलमा रहेको भिउ सिनेमाजमा ६ शो, विराटनगरमा रहेको सिटी सिनेमामा ६ शो, धरानमा रहेको फ्रेन्ड्स सिनेमामा ४ शो, विर्तामोडमा रहेको पाथिभरा सिने प्लाजामा ५ शो, धनगढीमा रहेको एसटिएस सिनेमामा ३ शो, पर्सा चितवनमा रहेको म्याङ्गो जनज्योतिमा ४ शो, बनेपामा रहेको शुभकामना हलमा ४ शो, दाङमा रहेको भीएफएक्स सिनेमाजमा ५ शो, हेटौडामा रहेको एनएस सिनेमाजमा ३ शो, हेटौडामा रहेको ओम्याक्स सिनेमाजमा २ शो, नवलपुरमा रहेको कावासोती सिनेम्याक्समा ४ शो, भक्तपुरमा रहेको कमल विनायक सिनेमाजमा ३ शो, पोखराको लामाचौरमा रहेको हिमाज सिनेमाजमा ३ शो, विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा ५ शो, नेपालगञ्जमा रहेको सिने रोयलमा ९ शो प्राप्त भएको छ । यस्तै, फिल्म विदेशका ४० देशको दुईसय ५० सहरमा चैत ९ देखि नै प्रदर्शन हुँदैछ ।

देशभर प्राप्त शो आफूहरू माथिको विश्वास रहेको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए । उनले अघिल्लो फिल्महरूलाई विश्वास गरेर हलसम्म आइपुग्ने दर्शकको समय र पैसा खेर नजाने बताए । ‘हामीलाई गर्ने विश्वासले दायित्वसमेत बढाएको छ ।

हामीले हाम्रो साख गिर्ने काम गरेका छैनौँ । यसपटक हामीले मनोरञ्जनसँगै दर्शकलाई नेशनल इस्युलाई पनि जोडेका छौँ’, निर्देशक भट्टराईले भने । प्रिमियरमार्फत प्राप्त प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको कलाकारसमेत रहेका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

Leave A Reply

Your email address will not be published.