सुचना, समाचार र मनोरन्जन

लेकसाइडको क्याम्पिङ चौरमा भोलिदेखि क्रिकेटको रौनक

पोखरा,

पर्यटकीय राजधानी पोखराको लेकसाइडस्थित हल्लनचोकको क्याम्पिङ चौरमा भोलिदेखि नेपाल प्रिमियर लिग (एनपीएल) लक्षित फ्यान पार्क सञ्चालन हुने भएको छ। पोखरा एभेन्जर्सले चौरको सरसफाइ तथा सौन्दर्यीकरणसँगै क्रिकेटप्रेमीलाई सामूहिक रूपमा खेलको प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था गर्न लागेको हो।

एक महिनासम्म सञ्चालन हुने फ्यान पार्कले स्थानीय बासिन्दा, खेलप्रेमी तथा पर्यटकलाई क्रिकेटको उत्सवमा जोड्ने अपेक्षा गरिएको छ। खेल हेर्न आउने दर्शकको चहलपहलले लेकसाइडका होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास पोखरा एभेन्जर्सले लिएको छ।

Chaka Panja

यससँगै निर्माणजन्य फोहोर हटाएर सम्याइएको क्याम्पिङ चौरलाई प्राकृतिक हरियालीसहितको खुला सार्वजनिक मैदानका रूपमा विकास गर्ने पहलसमेत अघि बढाइएको छ। खेलकुदलाई पर्यटन र स्थानीय आर्थिक गतिविधिसँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको पोखरा एभेन्जर्सले जनाएको छ।

Leave A Reply

Your email address will not be published.