सुचना, समाचार र मनोरन्जन

एनपीएलमा एक्सटेपको निरन्तर साथ, पुनः बन्यो अफिसियल एपेरल पार्टनर

काठमाडौं,

अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड एक्सटेप (XTEP) ले नेपाल प्रिमियर लिग (एनपीएल) सँगको साझेदारीलाई निरन्तरता दिँदै आगामी सिजनका लागि पुनः अफिसियल एपेरल पार्टनरको जिम्मेवारी पाएको छ।

Chaka Panja

नेपाली क्रिकेटको बढ्दो लोकप्रियता, खेलाडीहरूको उत्साह र क्रिकेटप्रेमीको आकर्षणलाई थप ऊर्जा दिने उद्देश्यसहित एक्सटेपले एनपीएलसँगको सहकार्यलाई निरन्तरता दिएको जनाएको छ।

एक्सटेप र एनपीएलबीचको यस सहकार्यले नेपाली क्रिकेटको व्यावसायिक विकास, खेल संस्कृतिको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय खेलकुद ब्रान्डसँगको सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

“एक्सटेप एक्स एनपीएल—टुगेदर फर द गेम” नारासहित ब्रान्डले नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। यस साझेदारीले नेपाली क्रिकेटको विकाससँगै खेलकुद क्षेत्रमा ब्रान्डको उपस्थिति थप बलियो बनाउने विश्वास लिइएको छ।

Leave A Reply

Your email address will not be published.