Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘सम्झेर प्यार’ गजल सार्वजनिक : आरजु गिरीको शब्दमा प्रेम र समर्पणको गहिरो अनुभूति
- ‘ज्यू ज्यू सोल्टी’ सार्वजनिक : राजेश हमाल–करुना राइको जोडी फेरि चर्चामा
- ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक, विपीन–केकीको प्रेमकथा प्रस्तुत
- ‘कमेडी नाइट विथ च्याम्पियन्स’ दोस्रो सिजनमा प्रवेश, ५४औँ एपिसोडबाट च्याप्टर–२ सुरु
- ‘रोल नं १’को टिजर सार्वजनिक : गरिब विद्यार्थीको पीडा र सपना बोकेको कथा
- राहदानी सेवाग्राहीका घरमा पुर्याउँदै चितवन प्रशासन
- राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
- वर्षापछि काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा सुधार
- प्रेम थापालाई आईएचआई फोटो जर्नलिस्ट एप्रिसिएसन अवार्ड
- मध्यपूर्व तनाव चर्किँदा तेलदेखि कूटनीतिसम्म असर
‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक
काठमाडौँ :
आगामी २०८१ वैशाख १४ गतेबाट रिलिज हुने सिनेमा ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । रंगहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रमबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो ।
उक्त लुक्सलाई सिनेमाकी प्रस्तुतकर्ता तथा अभिनेत्री केकी अधिकारी र पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सार्वजनिक गरे । ‘बाेक्सी लुक्स’ मा केकीलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । प्रस्तुतकर्ता तथा अभिनेत्री केकीले यसअघि सार्वजनिक टिजर र गीतमा नदेखाइएको ‘बोक्सी लुक्स’लाई फागु पूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको बताइन् । ‘टिजर र गीतमा सस्पेन्सका रुपमा राखिएको बोक्सी लुक्सलाई प्रचार प्रसारको प्रमुख माध्यम बनाउन सार्वजनिक गरेका हौं’, उनले भनिन् ।
सिनेमाको टिजर र सार्वजनिक गीत ‘जिन्दगीको कथा, यता न उता’ले राम्रै चर्चा पाइरहेको छ । यहि परिप्रेक्ष्यमा सार्वजनिक ‘बोक्सी लुक्स’ले अझ बढी चर्चा पाउनेमा केकी विश्वस्त छिन् ।लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दाेबल्दाे सामाजिक विषयवस्तुमा सिनेमा बनाइएकाले नेपाली दर्शकले फरक स्वाद पाउने दाबी गरे ।
सिनेमा ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर बद्री अधिकारीले यो सिनेमा निर्माण गरेका हुन् । बद्री अभिनेत्री केकीका पिता हुन् । केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमामा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ। अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन् ।महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण गरिएको उनको भनाई छ।
सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन् । सिनेमाका कार्यकारी निर्माता राज घिमिरे हुन् । सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ। लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ।
तस्वीर : बद्री थापा