काठमाडौं:
अर्को वर्ष रिलिज हुने फिल्म ‘बलिदान’को सेट डिजाइनको काम सुरु भएको छ। आइतबारबाट फिल्मको सुटिङ सेट डिजाइन गर्न थालिएको छ। फिल्मको सुटिङ सेटबाट फिल्मका निर्देशक निर्देशक सन्तोष सेनले कथा अनुसार आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौती रहेको बताए। यसको चुनौतीकाबिच पनि काम सुरु गरिएको जानकारी दिए।
पत्रकारसँगको कुराकानीमा निर्देशक सेनले नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग चलचित्रको कथाको परस्पर सम्बन्ध जोड्नुपर्ने र विश्व बजारमा देखाउनुपर्ने भएकाले व्यापक तयारीको आवश्यक रहेको बताए।
‘सो तयारीका लागि पूर्वी नेपालको इटहरीमा रहेको बिएमसी छायाङ्कन स्टुडियोमा भव्य सेट तयार भइरहेको छ। सो स्टुडियोको उद्घाटन नै बलिदानबाट हुँदै छ,’उनले भने।
यहि फिल्मबाट बिराट भट्टका छोरा समीर भट्टले अभिनेताका रुपमा डेब्यु गर्दै छन्। समीर नेपाली फिल्ममा लामो समयको वर्कसपपछि आउन लागेका हुन्। उनी केहिवर्षदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेको उनका बुबा तथा अभिनेता बिराजले बताइसकेका छन्। आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्मको निर्माताका रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।