सुचना, समाचार र मनोरन्जन

‘ज्वाइँ साब’मा जीतुको जोडी नीति

काठमाडौं :

रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’मा नायिका नीति शाह फाइनल भएकी छिन् । निर्माणपक्षले नीतिसँग सोमबार कागजी संझौता गरेको हो।

राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो फिल्मको कथा पढेपछि काम गर्न आफू निकै उत्साहित भएको नीतिको भनाई छ। यो फिल्ममा नीतिले कलाकार जितु नेपालसँग सहकार्य गर्नेछिन् । जितु फिल्मको शिर्ष भूमिकामा अनुवन्धित भइसकेका छन्।

Pach Pandav

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो फिल्ममा कथाको माग अनुसार नै नीति शाहलाई फाइनल गरिएको निर्देशक वसन्त निरौलाले जानकारी दिएका छन्।

फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन्। यो फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ।

बैशाखको १५ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ। फिल्मको प्रदर्शन मिति आउँदो बर्षको तिहारलाई फाइनल गरिएको छ।नायिका नीति शाहले यसअघि ‘खजुरे ब्रो’मा काम गरिसकेकी छिन् भने ‘रुखान’ उनले साइन गरेको अर्को फिल्म हो ।

Leave A Reply

Your email address will not be published.