सुचना, समाचार र मनोरन्जन

गृहमन्त्रीज्यू हामीमाथि लाठीचार्ज गर्ने होइन, भ्रष्टाचार गर्ने नेतालाई समाऊः ज्ञानेन्द्र शाही

काठमाडौं /

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री लामिछानेलाई आफुहरुमाथि लाठी चार्ज गरेको आरोप लगाएका छन्। सांसद शाहीले अहिले भद्रकाली अगाडी सिंहदरबार सडकमा बसेर नाराबाजी गरिरहेका छन्।

Gokarna Karki

उनले आफूहरुमाथि लाठीचार्ज गर्नु भन्दा भ्रष्टाचार गर्ने नेताहरुलाई पक्राउ गर्न आग्रह गरेका छन्। उनले सांसद कोइरी संसदमै रहेको, निर्मलाका दोषी पक्राउ नपरेको, शालिकराम पुडासैनीले न्याय नपाएकाे बताए।

यस अघि भृकुटीमण्डपबाट सुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो। निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौं उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.