सुचना, समाचार र मनोरन्जन

हिमेश ‘ज्वाइँ साब’ मा अनुबन्धित

काठमाडौं :

हाँस्य कलाकार हिमेश पन्त फिल्ममा  पनि व्यस्त हुन थालेका छन्। उनले नयाँ फिल्म ‘ज्वाइँ साब’ साइन गरेका छन्। निर्माणपक्ष र उनीबिच फिल्मका लागि कागजी संझौता भइसकेको छ।

रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा यसअघि कलाकार जितु नेपाल र नायिका नीति शाह फाइनल भइसकेका छन्। राज कुमार पण्डितको निर्माणमा तयार हुने यो फिल्ममा हिमेको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन।

यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गर्दैछन्। फिल्मको छायांकन वैशाखको १५ गतेबाट सुरु गर्ने तयारी गरिएको छ। फिल्मलाई आउँदो तिहारमा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ। फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन्। फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ। हिमेशले यसअघि ‘वर एण्ड बधु र शमशेर’ साइन गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.