सुचना, समाचार र मनोरन्जन

‘रहरै भो’का निर्देशक केसी विवाह बन्धनमा बाँधिए

काठमाडौं :

नेपाल चलचित्र निर्देशक समाजका कार्यकारी सदस्य तथा निर्देशक उत्सव केसी विवाह बन्धनमा बाधिएका छन्। उनले बूढानीलकण्ठ ४ लिपिकोटकी दुर्गा भण्डारीसँग लगनगाँठो कसेका हुन्। गत ६ गते विवाह बन्धनमा बाँधिएका केसीको मागि विवाह हो।

Chaka Panja

निर्देशक उत्सवले ‘सिमाना’, ‘रहरै भो’, ‘अब जे होला होला’, ‘एसिड’, ‘गरिमा’ लगायत फिल्म तथा सिरियलमा निर्देशन गरेका छन्। उनको अहिले ‘अब जे होला होला’ चर्चामा रहेको सिरियल हो। उत्सवले फिल्म तथा सिरियलका अलवा थुप्रै  म्युजिक भिडियो पनि निर्देशन गरेका छन्।

उनी अभिनय भन्दा बढि निर्देशनमा आफुलाई अगाडि बढाएका छन्। निर्देशक उत्सव वरिष्ठ हास्यकलाकार उत्तम केसी ‘चुई चुई पारेर’का जेठो छोरा हुन्।

Leave A Reply

Your email address will not be published.