काठमाडौं :
मोडल प्रतिक्षा काफ्लेले आफ्नो धमकेदार नृत्यकलाले उपस्थित दर्शकलाई मोहित पारेकी छन्। राष्ट्रिय नाचघरमा भएको ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’को कार्यक्रममा उनले नाचेर सबैलाई मनोरञ्जन दिलाउन सफल भएकी छन्।
उनले फिल्म ‘फाटेको जुत्ता’ को ‘अलि अलि छोटो के लाएँथ्ये यो सारा सहरले लगायो मै माथि फोकस’ संग मिश्रित गीतमा नृत्य गरेर उपस्थित सबैलाई मोहित पारेकी हुन्।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा नाचघर जमलमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल’ को उपाधि झापाकी शर्मिला बुढाथोकीले उचाल्न सफल भएकी थिइन् । उनले उपाधिका अलवा २५ हजार रुपियाँ पुरस्कार तथा उपहार प्राप्त गर्न सफल भइन्।
सोही कार्यक्रममा मोस्ट ट्यालेन्ट अवार्डसहित निशा थापा प्रथम उपविजेता बनिन् । बेस्ट हेयर स्टाइल अवार्डसहित अम्बिका तुलाधर अधिकारी द्वितीय उपविजेता बनिन भने बेस्ट हेयर केमिकल टेक्निसियन अवार्डसहित रजनी राई तृतीय उपविजेता बन्न सफल भइन्। दिनेश डिसीले सहजीकरण गरेको कार्यक्रममा संचारकर्मी, लेखक तथा निर्देशक डब्बु क्षेत्री,गायिका, मोडल सरिता भारती लगायत बिभिन्न बिद्याका प्रतिष्ठित व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।