काठमाडौं :
एक दशक अघि हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा जंगली मान्छे ‘इकु’को भुमिका निवार्ह गरेका सुलेमान शंकर ‘१२ गाउँ’मा भित्रिएका छन्। बुधबार फिल्मका निर्देशक समेत रहेका विराज भट्टले उनलाई अनुबन्ध गरेको जानकारी दिए। एक्सन–थ्रिलरमा निर्माण हुन लागेको फिल्म ‘१२ गाउँ’मा निर्माता र उनीबीच बुधबार लिखित सहमति भएको थियो। सुलेमान आफै ‘इकु’को तेस्रो सिक्वेल बनाउने तयारीमा जुटेका छन्। तर उनले यहि समयमा विराजको फिल्ममा काम गर्ने सहमति गरेका हुन्।
सुलेमानका अनुसार उनी फिल्मभरि नै एक महत्वपूर्ण कमेडी रोलमा म देखिनेछन्। उनको पछिल्लो फिल्म ‘चोर र पुलिस’ रहेको थियो । जुन २ वर्ष अघि रिलिज भइसकेको छ। निर्माण पक्षका अनुसार जेठको अन्तिम साताबाट सुटिङ हुनेछ। यस फिल्ममा विराज भट्टले आफ्नै छोरा समिर भट्टले डेब्यु गर्दैछन्। फिल्ममा उनका अलवा न्यान्सी खड्का,मोडल सनिशा भट्टराई,कनिज कोइराला लगायतले अभिनय गर्दैछन्।