पोखरा /
निर्माता हरिबहादुर थापाको निर्माणमा बनेको फिल्म ‘ईश्वर’ले आगामी साउन ११ गते रिलिज मिति पक्का गरेको छ। मंसिर १४ गते रिलिजको तयारी गरिरहेको फिल्मलाई निर्माण टिमले साउन ११ गतेलाई प्रदर्शन मिति अगाडि सारेको हो ।
फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज डेट तय गरिएको निर्माता थापाले बताए। फिल्म ईश्वर दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममा निर्माता थापा संगै शंकर गिरी पनि हुन् भने पटकथा तथा संवाद भोजराज देवकोटाको रहेको छ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, कृष्टि गुरुङ, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, रविन्द्र झा, बुद्धि तामाङ, गीता अधिकारी लगायतको पनि अभिनय छ। यहि फिल्मबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि कमब्याक गरेकी छन्। फिल्म ‘ईश्वर’लाई राजु गिरिले निर्देशन गरेका हुन।
गत वैशाख २९ गते पोखराको चिप्लेढुंगामा फिल्मको प्रिमियर शो गरिएको थियो । फिल्म प्रिमियरबाट सकरात्मक प्रतिक्रिया पाएका निर्माता थापाले बताए। यस्तै फिल्मबाट आफु निकै अपेक्षित बनेको फिल्ममा नायक ध्रुव थापाले बताए । परिचयसँगको कुराकानीमा नायक थापाले भने,‘फिल्म हेरेर दर्शक निकै भावकु हुनु भयो। फिल्मको कथा र स्टोरी पनि दर्शकले मन पराएपछि यो फिल्म दर्शकले हेर्नेमा आफु निकै अपेक्षित रहेको छु।’
अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, भिस्माराज फुलारा र जगदिश आचार्य गीत फिल्ममा समावेश गरिएको छ। यस फिल्ममा कविराज गहतराज र देवेन्द्र पाण्डेको कोरियोग्राफी,रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरणको जिम्मा लिएको छ।