सुचना, समाचार र मनोरन्जन
Sarangi

‘चरित्रले सिनेमाको भाषालाई निर्माण गर्छ’: निर्देशक नबिन सुब्बा

गाउँका कथालाई टपक्क टिपेर ठुलो पर्दामा उतार्न सक्ने खुबी भएका निर्देशक सुब्बा अब नेपाली सिनेमाहरु अन्तर्राष्ट्रियकरण हुनुपर्छ भन्ने मान्यता राख्छन् ।

सन्तोष बस्याल, पोखरा /

नेपाली सिनेमालाई अन्तर्राष्ट्रियकरण गरिनुपर्छ भन्ने मान्यता बोकेर सिनेमा निर्माण गर्ने निर्देशक हुन् नबिन सुब्बा । उनका सिनेमामा साहित्य भेटिन्छ । गाउँका कथालाई टपक्क टिपेर ठुलो पर्दामा उतार्न सक्ने खुबी भएका निर्देशक सुब्बा अब नेपाली सिनेमाहरु अन्तर्राष्ट्रियकरण हुनुपर्छ भन्ने मान्यता राख्छन् ।

नेपाली सिनेमाको अनुहार बदल्नुपर्ने धारणा उनको छ । विदेशमा हुने फिल्म फेस्टिभलमा नेपाली सिनेमाको पनि प्रतिनिधित्व गराउने सिमित निर्देशक मध्येका एक हुन नबिन सुब्बा । उनको ‘खाङ्ग्री’ सिनेमाबाट नै नेपाली सिनेमाले पहिलोपल्ट विदेशी फेस्टिभल पुग्न थालेको हो । नबिन सुब्बाका अनुसार सानो राष्ट्रका सिनेमाहरु अब ग्लोबललाइजेसन भएन भने फिल्म इन्डस्ट्री नै सखाप हुन्छ । फिल्म इन्डस्ट्रीलाई टिकाइराख्न पनि नेपाली सिनेमाको बजार अब अन्तर्राष्ट्रिकरण हुनुपर्ने भनाई उनको छ ।

‘गाउँ आएको बाटो’ निर्माण गर्न नै सुब्बालाई ७ वर्ष लाग्यो । चरित्रले सिनेमाको भाषा बोल्छ भन्ने मान्यता राख्दै सिनेमा निर्माण गरिरहेका सुब्बालाई उक्त सिनेमाको चरित्र निर्माण गर्न नै समय बढी लाग्यो । लोकल मार्केट भर्सेज बजार र शहर भर्सेज गाउँको विषयलाई सिनेमा माध्यम देखाउन खोजिएको उनले उल्लेख गरे ।

घरेलु सिनेमाको विस्तार भए नेपाली सिनेमाको बजार फराकिलो हुने विश्वास उनलाई छ । १० वर्ष पछि उनले नै बनाएको सिनेमा ‘गाउँ आएको बाटो’ जेठ २५ मा रिलिज हुँदैछ । जसबाट नबिन सुब्बा आशावादी देखिन्छन् । विहिबार पोखरामा सिमित साहित्यकर्मी, कलाकर्मी र पत्रकारसँग भेट गर्दै सुब्बाले नेपाली सिनेमाको हालको अवस्थाको बारेमा चर्चा गरे । राम्रा सिनेमाका लागि अन्तर्राष्ट्रिय बजार खुल्ला रहेको तर्क उनको छ । नेपालको मौलिक कथालाई प्रभावकारी रुपमा प्रस्तुत गर्न सके बलिउड र हलिउडका ठूला सिनेमासँग पनि प्रतिस्पर्धा गर्न सकिने सुब्बाको अनुभव छ । कारण उनले निर्माण गरेको सिनेमा ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनौट हुनु हो ।

‘गाउँ आएको बाटो’ निर्माण गर्न नै सुब्बालाई ७ वर्ष लाग्यो । चरित्रले सिनेमाको भाषा बोल्छ भन्ने मान्यता राख्दै सिनेमा निर्माण गरिरहेका सुब्बालाई उक्त सिनेमाको चरित्र निर्माण गर्न नै समय बढी लाग्यो । लोकल मार्केट भर्सेज बजार र शहर भर्सेज गाउँको विषयलाई सिनेमा माध्यम देखाउन खोजिएको उनले उल्लेख गरे । अहिलेका चल्तीका अभिनेता दयाहाङ राईलै नै राखेर सिनेमा निर्माण गर्ने सोच सुब्बाको थिएन । उनले नयाँ अनुहार नै खोजिरहेका थिए । तर दयाहाङ राईको विशेष अनुरोधमा नै उनलाई सिनेमामा अनुबन्धित गरिएको सुब्बाले सुनाए ।

गाउँ हराएको बाटोका लागि दयाले निकै मिहिनेत गरेको पनि बताइन्छ । उनले १२ केजीसम्म तौल घटाउने र १५ केजी तौल बढाउने समेत गरेका थिए । गाउँ आएको बाटोमा दयाहाङ राईसँगै बालकलाकार प्रशन राई, पशुपती राई लगायतका कलाकारको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.