सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

‘फर्की फर्की’मा अभिनेत्री अर्याललाई यसरी जुरेको थियो क्यारेक्टर

काठमाडौं :

बिहिबार प्रदर्शनमा आउन लागेको फिल्म ‘फर्की फर्की’को यतिबेला सामाजिक सञ्जालमा खुबै चर्चा छ। फिल्मको पोस्टरदेखि ट्रेलर रिलिजसम्म आइपुग्दा युटुबमा पनि राम्रै दर्शकको साथ पाएको छ। यस फिल्मका मुख्य अभिनेता अनमोल केसी र जसिता गुरुङको अलवा समृद्धि अर्यालको पनि चर्चा छ।  हङकङमा जन्मिएर भारतमा पढेकी अर्यालले यहि‘फर्की फर्की’बाट नेपाली फिल्ममा डेब्यू गर्दैछिन्।

उनको स्वभाव अलिक नबोल्ने देखिन्छ। तर उनी फिल्ममा भने निकै बोल्नुपर्ने क्यारेक्टरमा घुसेकी छन्।

उनले आफ्नो भुमिकाको बारेमा बेलिबिस्तार लाउदै भनिन्‘फिल्ममा म जसिता गुरुङको साथीको भूमिकामा देखिँदैछु । आफ्नो साथीको लागि जे पनि गर्न सक्ने किसिमको क्यारेक्टर छ । साथीको राम्रो होस् भनेर चिताउने क्यारेक्टर छ।’

उनले आफु रियल लाइफमा खासै नबोल्ने तर फिल्ममा भने फरक भुमिका निर्वाह गर्नु परेको सुनाईन।

IVF Big

उनी थप्छिन्,‘म रियल लाइफमा धेरै बोल्दिनँ । तर फिल्ममा अलिक फरक देखिएकी छु ।’

समृद्धिका लागि ‘फर्की फर्की’ यात्रा रोचक छ । एकदिन उनी र उनकी आमा लाजिम्पाटमा थिए । सोहीबेला निर्माता अर्जुन कुमारले उनलाई निर्माता रोहित अधिकारीले एउटा क्यारेक्टरका लागि अडिसन मागिरहेको बताएपछि समृद्धिलाई ‘तिमी गर्छौ ?’ भनेर सोधेका थिए ।

‘मलाई कस्तो फिल्म, कसको फिल्म भन्ने थियो । अर्जुन अंकलको भनाई अनुसार रोहित दाईलाई भेटेपछि उहाँले ‘टाइम ट्राभलको मुभी हो । क्यारेक्टर सेकेण्ड लिड छ’ भन्नुभयो । म जसिताको साथी भनेपछि यति ठूलो मौका हत्तपत्त कसैले पाउँदैन। मैले गरेको राम्रो हुन्छ भनेर अडिसन दिएँ अनि छानिएँ’, उनले भनिन् ।

अभिनयप्रति समृद्धिलाई सानैदेखि रुची थियो । उनले मोडलिङ हल्काफूल्का सिके पनि कलाकार हुन्छु भन्ने उनलाई लागेको थिएन । तर बुवाले मुम्बईमा अभिनयको इन्स्टिीच्यूट खोजेर उनलाई भर्ना गरिदिए । त्यहाँ उनले तीन वर्ष अभिनय कक्षा लिइन्

‘तीन वर्षको अध्ययन पछि कसरी अगाडि बढ्ने, कसरी काम गर्ने भन्ने कुरा बुझ्ने मौका पाएँ । क्यामराको अगाडि कसरी अभिनय गर्ने भनेर बढी सिकें । क्यामरासँगै थिएटर अभिनय पनि सिकाउँथे । कलेजमा मैले ६ वटा छोटा फिल्ममा काम गरेको थिएँ । त्यसपछि विस्तारै आत्मविश्वास बढ्यो’, उनले भनिन् ।

सुयोग गुरुङको निर्देशनमा बनेको यस फिल्मका लगानीकर्ता रोहित अधिकारी हुन्। रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ।

Leave A Reply

Your email address will not be published.