सुचना, समाचार र मनोरन्जन

‘फर्की फर्की’को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्स

काठमाडौं :

जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरले दर्शकको उच्च साथ पाइरहेको समयमा यसको पहिलो गीत निर्माणपक्षले सार्वजनिक गरेको हो। रोमन बज्राचार्य र निकिता थापाको स्वर रहेको यो गीतमा रोमन bशब्द तथा संगीत छ।

यो गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी, विजेश पौडेलको सम्पादन छ । फिल्मको यो गीतमा मुख्य कलाकारहरु नायक अनमोल केसी र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ। सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ। फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन्।

यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन्। रोमन बज्राचार्य र नरेन लिम्बु फिल्मका संगीतकार हुन्। फिल्ममा अष्ट महर्जनको एक्सन छ। फिल्म टाइम लुपको कथालाई उठान गरेको छ। फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसले दर्शकको माया पाइरहेको छ । यसैले, जेठको १० गते बक्स अफिसमा यो फिल्मले बम्पर ओपनिङ गर्ने अपेक्षा गरिएको छ।

https://www.youtube.com/watch?v=t_hRee2ZgbI
Leave A Reply

Your email address will not be published.