सुचना, समाचार र मनोरन्जन

कप्तान रोहितको शतकमा वेस्ट इण्डिजविरूद्ध नेपालको सानदार जित

वेस्ट इण्डिजविरूद्ध नेपालले सानदार जित निकालेको छ। शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो । त्रिवि मैदान कीर्तिपुरमा जितका लागि २०५ रनको लक्ष्य नेपालले २ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो।

रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए ।

२७ बलमा अर्धशतक पूरा गरेका रोहितले शतक ४७ बलमा हानेका थिए । उनको यो टी२० करिअरको पहिलो शतक थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो ।

नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १–१ विकेट लिए । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

 

Leave A Reply

Your email address will not be published.