सुचना, समाचार र मनोरन्जन

राजेश हमालले उद्घाटन गरे १८ डि सिनेमा,तीन समयमा नै हेर्न मिल्ने

काठमाडौं :

सिटी सेन्टरमा अत्याधुनिक प्रविधिमा आधारित १८ डी सिनेमाको अभिनेता राजेश हमालले उद्घाउन गरेका छन्। सोमबार नयाँ वर्षको विशेष अवसर पारेर अभिनेता हमालले सिनेमाको औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा सहभागी हमालले आफैंले पनि १८ डी सिनेमाको अनुभव लिए। सिनेमाको अनुभव बटुलेका अभिनेता हमालले पत्रकारहरूसँग केहिबेर गफिन समेत भ्याए। उनले पत्रकारसँगको कुराकानीमा आफ्नो अनभुव सुनाउँदै भने,‘१८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेशजस्तै महसुस भयो, यस्तो रोमाञ्चक अनुभव पहिले कहिल्यै भएको थिएन।’

सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको यो सिनेमा लाई एक पटकमा १० जना दर्शकले मात्र हेर्न पाउने छन । फ्लाईओभर इन्टरटेन्मेन्टका राम थापा र हिमाल गुरुङद्वारा सञ्चालनमा ल्याइएको यो सिनेमा मा दर्शकले दृश्य, ध्वनि, गति, हावा र कम्पनको तालमेलसहित फिल्मको वास्तविक संसारमा पसेको आभास पाउनेछन्।

सञ्चालक गुरुङले यहाँ दर्शकहरूले डायनासोरको युगको यात्रा, समुद्रको गहिराइमा खोजी, अन्तरिक्षको युद्ध, र जंगल एडभेञ्चरजस्ता रोचक र साहसिक फिल्महरू ५ देखि ३० मिनेटको अवधिमा हेर्न सक्ने बताए। काठमाडौंमा मनोरञ्जनको नयाँ आयाम थप्ने विश्वासका साथ सुरु गरिएको यो १८ डी सिनेमा, सम्पूर्ण उमेर समूहका दर्शकका लागि रोमाञ्चक गन्तव्य बन्ने अपेक्षा गरिएको छ। सवै उमेर समूहका लागि आकर्षक मानिएको यो प्रविधियुक्त सिनेमाको मज्जा लिनको लागि दर्शकले तीन सय रुपैयाँ शूल्क तिर्नुपर्नेछ।

Leave A Reply

Your email address will not be published.