सुचना, समाचार र मनोरन्जन

कलाकारको नाम थाँती राख्दै ‘जदौ’ निर्माणको घोषणा

काठमाडौं :

सोमबार अर्थात नयाँ वर्षको अवसर पारेर थुप्रैले फिल्म निर्माणको घोषणा गरेका छन्। यहीँ क्रममा नयाँ फिल्म ‘जदौ’ को पनि निर्माण घोषणा गरिएको छ। भद्रकाली मन्दिरमा सोमबार त्रिकन्याको बाहुलीबाट स्क्रिप्ट पूजा गरि टाइटल डिजाइन समेत रिलिज गरिएको हो।

Chaka Panja

यस फिल्मका को को कलाकारहरु रहेका छन् भन्ने कुरामा समेत निर्माण पक्षले खुलाएन। फिल्मका निर्माता तथा लेखकका साथमा पत्रकारको उपस्थितिमा स्क्रिप्ट पूजा गरिएको थियो। सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिको संयुक्त निर्माण रहेको फिल्मको लेखक काजी लिम्बू रहेका थिए। कलाकार हो हुन् त भन्ने प्रश्नमा समिश्रण मुभीजका अध्यक्ष अन्जन शर्माले फिल्मका निर्देशक,कलाकार तथा प्राबिधिक बारे बिस्तृतमा केही समयपछि जानकारी दिइने बताए।

उनले आन्तरिक छलफलका कारण फिल्मको कलाकार को हुने हुन् भन्ने बारेमा जानकारी केहि दिनमा दिने बताए। उनका अनुसार अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्मका दृश्य गाउँ र काठमाडौंमा खिचिने छ। यसै वर्ष फिल्मको प्रदर्शन गर्ने समेत उनको भनाई छ।

Leave A Reply

Your email address will not be published.