सुचना, समाचार र मनोरन्जन

दसैंको फुलपाती छाडेर ‘भ्यालेन्टाइन डे पुग्यो अशोकको ‘डबल ट्रिपल’

काठमाडौं :

आगामी दसैंमा प्रदर्शनमा आउने भनिएको फिल्म ‘डबल ट्रिपल’को प्रदर्शन मिति सरेको छ। अशोक शर्माको निर्देशनमा निर्माण भएको यो फिल्म दसैंको फूलपाती छाडेर फागुन १ गतेबाट भ्यालेनटाइन डेमा पुगेको छ।

निर्देशक शर्माले नयाँ वर्षको अवसर पारेर ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति घोषणा गरेका जानकारी दिएका छन्। निर्देशक शर्माले फेसबुक पोस्टमा लेखेका छन्,‘दसैंमा धेरै सिनेमाहरु आउने भए भरसक मिलाएर कम सिनेमा ल्याएर निर्माता साथीहरू पनि सेफ होस् भन्ने हेतुले सहमति बनाउने प्रयास गर्दा कोही पनि एक इन्च सर्न पनि तैयार भएनन् त्यसैले ‘डबल ट्रिपल’अब २०८२ फागुन १ गते रिलिज हुनेछ।’

यस फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल तथा सुरविर पंडितको अभिनय रहनेछ । सिनेमाको कथारपटकथा निर्देशक शर्माले राजेश सिटौलासँग मिलेर लेखेका हुन्।

शम्भुजित बाँस्कोटाको संगीत, शान बस्न्यातको संवाद, आलोक शुक्लाको छायाँकन, राजु किराँतीको एक्सन तथा सुनिल क्षेत्रीको नृत्य निर्देशन रहेको यो फिलममा नगेन्द्र घिमिरे सिनेमाका निर्माण नियन्त्रक हुन्। यसैगरी सिनेमाको निर्मातामा किरण शर्मा पौड्याल, किर्ति शर्मा तथा अंकित शर्मा रहेका छन्।

Leave A Reply

Your email address will not be published.