सुचना, समाचार र मनोरन्जन

अबको हिसाब किताब प्रधानमन्त्रीसँग लिन्छौं: गगन थापा

काठमाडौं /

नेपाली कांग्रेस महामन्त्री गगन थापाले अबको हिसाब किताब प्रधानमन्त्रीसँग नै हुने बताएका छन्।

यस अघि गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउदै महामन्त्री थापाले अब आफूहरुको हिसाब किताब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताएका हुन्।

Pach Pandav

गृहमन्त्रीले संसदको गरिमा नराखेको बताउँदै सभामुखको समेत ध्यानाकर्षण गराएका छन्। गृहमन्त्रीले संसदमा विदेशी एसेट रहेको भन्ने वाक्य सम्बेदनशील रहेको बताउँदै यो भनाइलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट गरे।

उनले संसदमा बोलिएका विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने बताउदै भनेका छन्, ‘कि त प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्‍यो कि गृहमन्त्रीले बोलेका कुरामा मेरो पनि सहमति छ, हैन भने संसदको रेकर्डबाट हटाउछु भनेर भन्न सक्नु पर्‍यो। हिसाब किताब लिन्छौं र यहि संसदमा लिन्छौं।’

उनले सहकारी ठगी प्रकरणमा गठिन संसदीय छानबिन समितिलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्ने बताउँदै अब संसदमा आफुहरुले जनसरोकारका विषय उठाउँदै बजेटको छलफलमा ध्यानकेन्द्रित गर्ने बताए।

Leave A Reply

Your email address will not be published.