काठमाडौँ,
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का प्रतिनिधि जुलियन चेभिलार्ड ९फ्रान्स०ले भेट गरेका छन् ।
बिहीबार भएको भेटमा उनीहरूबिच जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब) सहयोग गर्ने निर्णय गरेको छ ।
सो अवसरमा आसन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप–३१०मा नेपालको प्रभावकारी सहभागिता सुनिश्चित गर्न तथा नेपालको प्याभिलियन व्यवस्थापनमा सहयोगबारे छलफल भएको छ ।
भेटमा कोप–३१ को तयारी तथा कोषबाट उपलब्ध हुने भनिएको रकम प्राप्त गर्ने प्रक्रिया र त्यसका लागि आवश्यक पहलका बारेमा छलफल भएको थियो ।