काठमाडौं :

पर्वतबाट फिल्म ‘अरिङ्गाल’को छायांकन थालिएको छ। निर्माण पक्षका अनुसार पर्वत जिल्लाको रमणीय स्थल राम्जा क्षेत्रमा सुरु भएको हो।बिहिबार चलचित्रका कलाकार र निर्माण टिमले क्यामेरा पूजा गर्दै छायाङ्कन सुरु गरेको फिल्मका निर्देशक अमृतो स्वामीले जानकारी दिए। यस फिल्मको मुख्य कलाकारमा निश्चल खड्का र सोफि धरेलले काम गरिरहेका छन्। राम्जामा फिल्मको दृश्य १० दिन खिचेपछि बाँकी एक महिना काठमाडौँमा खिचिने छ।
फिल्मका लाइन प्रोड्युसर चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा हुन्। ट्रु इन्टरटेनर्स प्रालिले निर्माण गरेको यस फिल्मको विषयवस्तु र अन्य कलाकारको बारेमा निर्माण पक्षले अहिले केही पनि खुलाएको छैन। फिल्मको छायांकन सकिएपछि जानकारी दिने मुडमा निर्माण पक्ष रहेको छ।