सुचना, समाचार र मनोरन्जन

डब्बुको ‘बजाईदेऊ न बाजा’मा नाचे यसराज र सरिता

काठमाडौं :

संगीतकार शम्भुजीत बासकोटाको संगीतमा गायिका सरिता भारतीको ‘बजाईदेऊ न बाजा’ सार्वजनिक भएको छ। बिहिबार यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो।

डब्बु क्षत्रीले लेखेको यो गीतमा युवा युवतीको प्रेम सम्बन्धलाई दर्शाईएको छ। उनीहरुबीच अथाह प्रेम भए पनि त्यो प्रेम सम्बन्धलाई परिवारले नरुचाएपछिको समस्यालाई यो गीतमा प्रस्तुत गरिएको देख्न सकिन्छ। गायिका भारतीले आफुले पछिल्ला पुस्ताका मायाप्रेमलाई गीतमार्फत व्यक्त गर्न खोजिएको बताईन्।

गीतको भिडियोमा गायिका आफै अभिनयमा उत्रिएकी छन्। उनलाई अभिनयमा यसराज गराजले साथ दिएका छन्। संगीतकार बासकोटाले गीत जती मिठो बनेको र भिडियो पनि त्यत्तिकै आकर्षक बनेको बताएका छन्। उनले गीतको बारेमा चर्चा गर्दै गीत गीतको भिडियो राम्रो बनेको प्रतिक्रिया दिएका हुन्।

जुगल डंगोलको संगीत संयोजन रहेको गीतलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। यो गीतलाई केही वर्ष अघि गीतिसंग्रह ‘पहिलो भेटमै’मा संग्रहित गरेर बजारमा ल्याईएको गीतकार तथा निर्देशक क्षेत्रीले बताए। उनका अनुसार यस गीतको भिडियो सर्लाहीको पर्यटकीय क्षेत्र भरतताल, नुनथर लगायतको ठाउँमा छायाँकन गरिएको हो।

कृष्ण रसालले कोरियोग्राफी गरेको भिडियोमा यसराज र सरितासँगै स्थानीय नृत्य कलाकारहरुले नाचेका छन्। ‘यसपटक सर्लाहीको ४२ डिग्री सेल्सियस तापक्रममा यो भिडियोको छायाँकन गर्दा केही कलाकार विरामी पनि परेका थिए। तर अहिले भिडियोले राम्रो प्रतिक्रिया पाएको खुसी छु,’कृष्णले भने ।

यो गीतको भिडियोमा प्रविण सुवेदीको छायाँकन, जीवन घिमिरेको ड्रोन, बीरेन्द्र भाट विपिन र लोकेश भाटको सम्पादन तथा रंग संयोजन, शर्मिला बुढाथोकीको श्रृंगार रहेको छ । भिडियोमा रेनु स्याङतानको कलाकार संयोजन छ ।

Leave A Reply

Your email address will not be published.