सुचना, समाचार र मनोरन्जन

पीयूष मिश्रा र एलेक्स पारसका दृश्य खिच्दै थालियो ‘ऊनको स्वीटर’को सिक्वेल

काठमाडौं :

गत वर्ष रिलिज भएको ‘ऊनको स्वीटर’को सिक्वेलको छायांकन थालिएको छ। सोमबार भारतको सिक्किमबाट फिल्मको नाम ‘कलेजी ऊनको स्वीटर’राखेर छायाङ्कन सुरु भएको हो। नि

र्देशक नवीन चौहानले सिक्किमको युमथाङ उपत्यकाबाट फिल्मको छायाङ्कन शुभारम्भ गरेको जानकारी दिए। उनका अनुसार स्थानीय लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभ मुहूर्त सम्पन्न गरी छायाङ्कन सुरु गरिएको हो। पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएको छ।

Pach Pandav

छायाङ्कनको शुभारम्भ अवसरमा सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी,भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति रहेको थियो। निर्देशक चौहानले उक्त अवसरमा प्राप्त साथ र आशीर्वादप्रति आभार व्यक्त गरेका छन्।
फिल्ममा काफ्ले, फूल, डम्बर र ईक्क्षाका कथासँगै नयाँ फिल्मले प्रेम, जीवन र मानवीय संवेदनाका थप आयामलाई प्रस्तुत गर्ने निर्देशक चौहानले बताए। उनले भने,‘केही कथा बाँकी छन्, केही अनुभूति अझै भन्न बाँकी छन्।”

फिल्ममा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई, रुश्मा राईलगायतका कलाकारको अभिनय रहनेछ।

नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा छायाङ्कन गर्ने योजनासहित अघि बढेको फिल्मले ‘ऊनको स्वीटर’सँग जोडिएका कथा र पात्रलाई नयाँ परिवेशमा विस्तार गर्ने अपेक्षा गरिएको छ।

आर्टमाण्डुको निर्माणमा बन्ने फिल्मको लेखन तथा निर्देशन नवीन चौहानकै हो भने सह लेखनमा अभिषेक सुवेदी रहेका छन्। साथै सुवेदीले नै प्रमुख सहायक निर्देशकका रूपमा काम गर्दैछन्। चिन्तन राजभण्डारीको छायांकन रहने यस फिल्ममा कोविद बज्रको सङ्गीत रहनेछ।

Leave A Reply

Your email address will not be published.