सुचना, समाचार र मनोरन्जन

एक्टरमा अभिनय गरिरहेको राजवल्लभ भन्छन्,‘भेटघाट गर्ने फुर्सद छैन है’

काठमाडौं :

झन्डै एक दशकपछि क्यामेरा अगाडि अभिनय गरिरहेका अभिनेता राजवल्लभ कोइरालालाई अभिनयका अलवा साथीभाई भेट्ने फुर्सद छैन। सामाजिक सञ्जालमा उनी काठमाडौं आएको जानकारी दिदै हिडडुल तथा सुटिङका केहि फोटोहरु राखिरहेका हुन्छन्।

Chaka Panja

उनले आफु सुटिङ व्यस्त रहेको जानकारी दिदै साँझ बिहान साथीभाईसँग भेट गरेको जानकारी दिएका छन्। केहि दिनअघि अमेरिकाबाट नेपाल आएको उनी भोलिपल्टदेखि नै फिल्म ‘एक्टर’मा भिडिरहेका छन्।

उनी फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित देखिएका छन्। उनी भन्छन्,‘काम बबाल हुँदै छ । निकै राम्रो टिम र मीठो अनुभव । धेरै मिस गरेको थिएँ यो सिने संसार । अनि, तपाइहरु माझ यो कोशेली पस्किन आतुर छु । तपाइलाई पक्कै पनि मन पर्छ ।’
फिल्म ‘पर्खि बसेँ’बाट उदाएका उनी हलिउड फिल्म छायांकनका क्रममा अमेरिका पुगेका थिए ।

Leave A Reply

Your email address will not be published.